राजनीति


यस वर्ष दसैंलाई घर-डेरामै सीमित गरौँ: देउवा

यस वर्ष दसैंलाई घर-डेरामै सीमित गरौँ: देउवा

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार २:३८,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस वर्षको बडा दसैंलाई घर-डेरामै सीमित गर्न आग्रह गरेका छन्।

बडा दसैंको अवसरमा शुभकामना सन्देश दिँदै देउवाले घरडेरामा मात्रै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अपील गरेका हुन्।पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न देउवाको आग्रह छ।

कोभिड-१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि उनले सुझाब दिएका छन्।

देउवाको शुभकामना सन्देशमा विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको उल्लेख गरिएको छ।

देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा दसैंको अवसरमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad