ad ad

राजनीति


बिहार विधानसभा चुनावमा सुरु भयो हिंसा, गोली हानेर उम्मेदवार र समर्थकको हत्या

बिहार विधानसभा चुनावमा सुरु भयो हिंसा, गोली हानेर उम्मेदवार र समर्थकको हत्या

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार ०:३९,

भारतको बिहार विधानसभा चुनावमा हिंसा सुरु भएको छ। निर्वाचन प्रचारप्रसारका क्रममा शनिबार शिवहर जिल्लामा तीन जनाको हत्या भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विधानसभा चुनावका उम्मेदवार श्रीनारायण सिंहको गोली हानी हत्या गरिएको हो। गोली लागेर उनका एक समर्थकको पनि मृत्यु भएको छ।

तर गोली हान्ने ती व्यक्तिलाई पनि भीडले कुटेरै मारेको भारतीय पत्रिका  दैनिक भास्करले जनाएको छ। तर प्रहरीले यसकाे पुष्टि गरेको छैन।

श्रीनारायण सिंह, जनता दल राष्ट्रवादी पार्टीबाट चुनाव लड्दै थिए। चुनाव प्रचार गरिरहकै बेला सिंहलाई गोली हानिएको थियो। गम्भीर अवस्थामा उपचारका लागि सीतामढी अस्पताल ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको हाे। 

हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उम्मेदवार सिंह आपराधिक पृष्ठभूमिका थिए। उनीविरुद्ध ६ मुद्दा लागेको थियाे। साथै अवैध हतियार राखेको कसुरमा उनले २ वर्ष जेल सजाय पनि भोगिसकेका थिए।

बिहार विधानसभाकाे चुनाव तीन चरणमा हुँदै छ। पहिलाे चरणकाे मतदान यही अक्टाेबर २८ मा हुने बताइएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .