ad ad

राजनीति


नेकपाको चाल हेर्दा ‘खोइ के, खोइ के’ भन्ने अवस्था आयो : रिजाल

नेकपाको चाल हेर्दा ‘खोइ के, खोइ के’ भन्ने अवस्था आयो : रिजाल

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार ५:२३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता विष्णु रिजालले दुई अध्यक्षको कार्यशैलीले थप अन्यौलता उत्पन्न भएको बताएका छन्।

पछिल्लो समय पार्टीभित्र देखिएको विवादलाई लिएर दुई अध्यक्षका छुट्टाछुट्टै विज्ञप्ति र निर्देशनले पार्टीको अवस्था पनि ‘खोइ के, खोइ के’ भन्ने अवस्थामा पुगेको उनको भनाई छ।

बहुनायक भए नास हुन्छ भन्ने महाभारतको उदाहरण दिँदै नेकपामा पनि दुई अध्यक्ष भएकै कारण विवादको अवस्था आएकोतर्फ उनले संकेत गरेका छन्।

कर्णाली प्रदेशमा देखिएको विवादलाई लिएर अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो चार दिनभित्रमा छुट्टाछुट्टै वक्ताव्य र निर्देशन दिएका थिए।

‘महाभारतमा भनिएको छ, ‘नश्यन्ति बहुनायक’ अर्थात् बहुनायक भए भने नाश हुन्छ। गाउँघरमा भनाइ छ, ‘धेरै बिराला भए भने मुसा मार्दैनन्’ अर्थात् हुनुपर्ने काम हुँदैन। हाम्रो पार्टीको चाल–ढाल हेर्दा ‘खोइ के, खोइ के’ भन्नुपर्ने अवस्था उत्पन्न भएको छ। ४ दिनमा २ वक्तब्य, २ निर्देशन ’, शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमा नेकपाका विदेश विभाग उपप्रमुख समेत रहेका रिजालले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .