ad ad

राजनीति


प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा खतरा: गगन थापा (पत्रसहित)

प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा खतरा: गगन थापा (पत्रसहित)

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ८:२६,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै राष्ट्रिय सुरक्षामा खतरा देखिएको आरोप लगाएका छन्।

 नेता गथापाले सुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेटनु सामान्य नभएको बताएका छन्।

बधबार राति प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री निवास बालुवाटारमै भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री ओलीले आफ्नो पदीय मर्यादा विपरीत गुप्तचर निकायका प्रमुखसँग भेटवार्ता गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला नेता थापाले पनि प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाएका हुन्। उनले यसबारे अनुसन्धान समेत गर्न माग गरेका छन्।

‘प्रधानमन्त्रीको भारतीय गुप्तचरसँगको भेटघाटलाई कुटनीतिक मर्यादाको उलंघन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोजिएको छ’, थापाले ट्विटरमा लेखेका छन्, ‘सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ।यसको अनुसन्धान हुनुपर्छ।’

 

थापाको पत्र पढ्नुहोेस्

Image

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .