ad ad

राजनीति


काठमाडौँ आइपुगे ‘रअ’ का प्रमुख गोयल

काठमाडौँ आइपुगे ‘रअ’ का प्रमुख गोयल

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ९:३०,

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ आएका छन्।

केहीबेर अघि इन्डियन एयर फोर्सको विशेष चार्टर्ड विमानबाट गोयल र रअ कै अर्का उच्चअधिकारी नेपाल आएको विमानस्थल उच्च सुरक्षा स्राेतले जानकारी दिएको छ।

विमानस्थलमा उनीहरुलाई लिन नेपालस्थित भारतीय दूतावासका अधिकारीहरु पुगेका थिए। गोयल भीआईपी कक्षबाट बाहिरिएको विमानस्थल स्रोतले जानकारी दियो।

राष्ट्रिय अनुसन्धान विभागका एक उच्चअधिकारीले गोयल काठमाडौं आएको र उनी आज राति नै दिल्ली फर्किने जनाएका छन्।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको भ्रमण तय भइसकेका बेला रअ प्रमुख पनि नेपाल आइपुगेका हुन्। सेनाध्यक्षको भ्रमण र दुई देशको सम्बन्ध सुधारमा उनको भ्रमण केन्द्रित हुने बताइएको छ। उनी बुधबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

 लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई संविधान संशोधन गरेर नेपालले आफ्नो नक्सामा समेटेपछि दुई देशको सम्बन्ध चिसिएको छ। उक्त क्षेत्रमा हालसम्म भारतले अतिक्रमण गर्दै आएकाे थियो।

पछिल्लो समय सम्बन्ध सुधारका प्रयासहरु भइरहेका छन्। रअका प्रमुख र सेनाध्यक्षको भ्रमणले यसलाई थप पुष्टि गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .