राजनीति


संसदीय समितिमा बहसः मदिरा सेवन गर्ने कर्मचारीलाई के गर्ने?

संसदीय समितिमा बहसः मदिरा सेवन गर्ने कर्मचारीलाई के गर्ने?

नेपालखबर
साउन १०, २०७६ शुक्रबार १४:६,

प्रमुख प्रतिपक्ष दल नेपाली का‌ग्रेसका सांसद देवेन्द्रराज कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

कांग्रेस सांसद कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई फेरि सरकारी सेवामा प्रवेश गर्न अयोग्य हुने गरी बर्खास्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका हुन्।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सर्तको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले कर्मचारीहरुलाई कार्यालय समयमा मदिरा सेवन गर्न निषेध नै गर्न उपयुक्त हुने तर्क समेत गरे। सेवाग्राहीलाई सेवा दिन बसेको कर्मचारीले मदिरा सेवन गरेर कार्यालयमा काम गर्न नसक्ने हुनाले उसलाई सो सेवाबाटै हटाउने कानुनी व्यवस्था गर्नुपर्ने उनको माग छ।

यता, सत्तारुढ नेकपाका सांसद नवराज सिलवालले भने मदिरा सेवन गर्ने कर्मचारीलाई पदबाटै बर्खास्त गर्नुपर्ने कांग्रेस सांसद कँडेलको मागप्रति असहमति जनाए। उनले परिस्थितिलाई हेरेर त्यस्ता कर्मचारीहरुलाई पनि सुधार गर्ने अवसर सहितको कानुनी व्यवस्था गर्न उपयुक्त हुने धारणा राखे।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दण्डित गर्नुपर्ने कर्मचारीलाई कार्वाही नगर्ने पदाधिकारीलाई पनि कार्वाही हुने गरी कानुनी व्यवस्था गर्न सरकार तयार रहेको बताएका थिए। दण्डित गर्नुपर्ने कर्मचारीलाई दण्डित नगर्ने पदाधिकारीलाई पनि कार्वाही गरेर मात्रै कर्मचारी प्रशासनलाई सुधार गरेर लैजान सकिने मन्त्री पण्डितको तर्क छ।

मन्त्री पण्डितले गल्ती गर्ने कर्मचारीलाई सरकारले आवश्यक सजायको व्यवस्था गर्ने पनि बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad