प्रहरीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता दोर्ची शेर्पा (दोर्जे) लाई पक्राउ गरेको छ।
ललितपुरकाे नख्खुस्थित एनसेल मुख्यालयमा भएकाे बम विस्फोटका प्रमुख योजनाकार मानिएका दोर्जेलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि ७ जनालाई पक्राउ गरिसकेको छ।
भोजपुर षडानन्द गाउँपालिका–९ का ३३ वर्षीय दोर्जे नेकपा विप्लव समूहको युवा संगठनका नेता हुन्।
गत फागुन १० गते नख्खुस्थि एनसेल मुख्यालयमा भएको बम विस्फोटमा उनले त्यहाँ कार्यरत सुरक्षा गार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको सीसीटीभी फुटेजमा देखिएको प्रहरी दाबी छ।
सो घटनामा परी एक जनाले ज्यान गुमाएका थिए भने तीन जना घाइते भएका थिए। बम विस्फोट हुँदा घाइते भएका सिंहबहादुर गुरुङको मृत्यु भएको थियो। यस्तै, कुमार खत्री, प्रतिक्षा खड्का र उरुषा मानन्धरलाई गम्भीर चाेट लागेकाे छ।

प्रतिक्रिया