ad ad

राजनीति


बाइडेन भन्छन्ः ट्रम्प संक्रमित रहिरहे अर्को प्रत्यक्ष राष्ट्रपतीय बहस आयोजना गर्नु हुँदैन

बाइडेन भन्छन्ः ट्रम्प संक्रमित रहिरहे अर्को प्रत्यक्ष राष्ट्रपतीय बहस आयोजना गर्नु हुँदैन

नेपालखबर
असोज २१, २०७७ बुधबार ६:३७,

नोभेम्बर ३ का दिन हुने निर्वाचनका लागि रिपब्लिकन पार्टीका तर्फबाट हालका राष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार छन् भने डेमोक्रेटिक पार्टीको तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन उम्मेदवार छन्।

तर निर्वाचन आउन केही समय मात्र बाँकी रहँदा ट्रम्पमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गत बिहीबार कोरोना संक्रमित बनेका ट्रम्प यतिबेला अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास ह्वाइट हाउस फर्किरहेका छन्।

ट्रम्पको अवस्था पुरै सामान्य नभएको उनका डाक्टरहरुले सोमबार बताएका थिए। यद्यपी उनी अस्पतालबाट डिस्चार्ज भएका थिए। उनी कोरोना संक्रमित छन् या छैनन् केही खुलाइएको छैन।

तर विशेष डाक्टरहरुले ट्रम्पलाई ह्वाइट हाउसमा हेरचाह गरिरहेको बताइएको छ।

यसबीचमा डेमोक्रेटिक पार्टीका राष्ट्रपतीय उम्मेदवार जो बाइडेनले ट्रम्प कोरोना संक्रमित रहिरहे अर्को प्रत्यक्ष राष्ट्रपतीय बहस गर्न नहुने धारणा राखेका छन्।

गत सेप्टेम्बर ३० मा मात्र बाइडेन र ट्रम्पबीच टेलिभिजनमा पहिलो प्रत्यक्ष बहस भएको थियो। अर्को बहस अक्टोबर १५ का लागि फ्लोरिडाकोे मायामीमा तय भएको छ।

बाइडेन भन्छन्,‘मलाई लाग्छ यदी ट्रम्प कोरोना संक्रमित रहिरहे अर्को बहसको आयोजना गर्नु हुँदैन।’

उनले आफूलाई ट्रम्प कोरोना संक्रमित छन् या छैनन् भनेर थाहा नभएको पनि बताए। बाइडेन कोरोनाको विषयलाई लिएर निकै सचेत छन्।

उनले निर्वाचन प्रचार प्रसारका क्रममा मास्क लगाउने तथा व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पूर्ण रुपमा पालना गरेका थिए। तर ट्रम्पले पहिले विभिन्नपटकको चुनावी कार्यक्रममा मास्क लगाएका थिएनन्। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .