ad ad

राजनीति


गृहलाई हुम्लाका सहायक प्रजिअको स्पष्टीकरण : सीमाबारे बोल्नु गल्ती भयो

गृहलाई हुम्लाका सहायक प्रजिअको स्पष्टीकरण : सीमाबारे बोल्नु गल्ती भयो

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ५:५८,

हुुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीे दत्तराज हमालले सीमाबारे बोल्नु आफ्नो गल्ती भएको जवाफ दिएका छन्।

नेपाल–चीन सीमाबारे विवादास्पद अभिव्यक्ति दिएपछि बुधबार हमाललाई गृह मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

गृहको प्रशासन महाशाखामा बिहीबार स्पष्टीकरण पठाउँदै सहायक प्रजिअ हमालले यस विषयमा बोल्नु आफ्नो गल्ती भएको भन्दै माफी मागेको  मन्त्रालयले जनाएको छ।

सहायक प्रजिअ हमाललेहुम्लाको नाम्खा गाउँपालिका ६ स्थित ११ नम्बर पिलर हराएको र त्यहाँ चीनले नेपाली भूमि मिचेर  एकतर्फी रूपमा भौतिक संरचना बनाएको गृहलाई जानकारी गराएका थिए।

 उनकै जानकारीका आधारमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहितको टोली सीमा क्षेत्रमा पठाएको थियो। हराएको भनिएको पिलर पुरिएको अवस्थामा फेला परेको छ। चीनले भने आफूले भवन बनाएको क्षेत्र आफ्नै भूभागमा पर्ने दाबी गर्दै आएको छ।

नेपाल सरकारले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा बनेको भवन चिनियाँ भूभागमै बनेको जनाएको छ।

बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–चीनबीच सीमा समस्या नरहेको र चीनले बनाएको भवन चिनियाँ भूभागमै रहेको बताएका थिए। 

याे पनि : सीमा क्षेत्रमा निर्मित भवन चिनियाँ भूभागमै बनेकाे हाे: परराष्ट्रमन्त्री ज्ञवाली (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .