ad ad

समाज


स्वस्थ मानिसकाे शरीरमा जानाजान कोरोना भाइरस हालेर खोप परीक्षण गर्ने तयारी!

स्वस्थ मानिसकाे शरीरमा जानाजान कोरोना भाइरस हालेर खोप परीक्षण गर्ने तयारी!

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ५:३७,

बेलायतमा खोप परीक्षणका लागि स्वस्थ मानिसलाई जानाजान कोरोना भाइरसबाट संक्रमित बनाउने तयारी गरिएको छ।

‘च्यालेन्ज ट्रायल’ नाम दिइएको यस्तो खोप परीक्षण लन्डनमा हुने भएको हो।

खोपको प्रभावकारिता पत्ता लगाउन स्वस्थ मानिसलाई पहिले कोरोना संक्रमित बनाउने र उसलाई खोप लगाउने तयारी गरिएको हो।

‘ह्युमन च्यालेन्ज स्टडिज’ अन्तर्गत यसरी खोप विकास गर्ने विषयमा बेलायत सरकारले छलफल गरिरहेको बीबीसीले जनाएको छ।

तर यस विषयमा अहिलेसम्म कुनै सम्झौता भइसकेको छैन।

त्यस्तो परीक्षणका लागि कानुनी अनुमति प्राप्त भएका खण्डमा आफू कोरोना संक्रमति भई खोप लगाउन तयार रहेको १८ वर्षीय विद्यार्थी एलास्टेर फ्रेजर उरक्युहार्टले बताएका छन्।

बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा उनले भनेका छन्, ‘मलाई लाग्छ, यस्तो किसिमको परीक्षणबाट हजारौंको जीवन बचाउन सकिन्छ र विश्वलाई साँच्चै यो महामारीबाट बाहिर ल्याउन सकिन्छ।’

त्यही रेडियो कार्यक्रममा बोल्दै अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्बीले त्यस्तो परीक्षणको विचार राम्रो रहेको बताउँदै त्यसबाट रोगबारे वास्तविक बुझाइ प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .