राजनीति


मैले कुलमानका पक्षमा बोल्नेलाई एकपाखे भनेको हुँ, ‘पाखे’ होइन : सूर्य थापा

मैले कुलमानका पक्षमा बोल्नेलाई एकपाखे भनेको हुँ, ‘पाखे’ होइन : सूर्य थापा

नेपालखबर
असोज ७, २०७७ बुधबार १५:२५,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एक अन्तर्वार्तामा आफूले बोलेको शब्दलाई अपव्याख्या गरेर दुष्प्रचार भइरहेको बताएका छन्।

‘प्राइम टाइम्स’ टेलिभिजनमा ऋषि धमलालाई दिएको अन्तर्वार्तामा आफूले ‘एकपाखे’ शब्द प्रयोग गरेको तर त्यसलाई विरोधी पक्षले अतिरञ्जित गरी ‘पाखे’ भनेर दुष्प्रचार गरिरहेको थापाको दाबी छ।

अन्तर्वार्तामा उनले कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरू एकपाखे हुन् भनी टिप्पणी गरेका थिए। तर यसलाई् आफूप्रति दुराशय राख्ने व्यक्तिले अर्कै बनाएर कुप्रचार गरिरहेकाले भ्रममा नपर्न भन्दै सल्लाहकार थापाले बुधबार ट्विटरमार्फत आग्रह गरेका हुन्।

‘मैले पाखे भनेको भनेर एकथरी दुराशय बोकेका व्यक्तिहरूले अति गरिरहेको पाएँ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘एकपाखातिरको कुरा गरेर अर्कोपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको स्पष्ट भनेको छु। त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्न आग्रह गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad