राजनीति


झ्याङमू र जिलङ पोर्टबाट छिटो ढुवानी सुचारु गर्ने प्रयास जारी छः चिनियाँ दूतावास

झ्याङमू र जिलङ पोर्टबाट छिटो ढुवानी सुचारु गर्ने प्रयास जारी छः चिनियाँ दूतावास

नेपालखबर
असोज ७, २०७७ बुधबार १५:११,

नेपालस्थित चिनियाँ दूतावासले झ्याङमू र जिलङ पोर्टबाट नियमितरुपमा सामान नेपाल ढुवानी हुन नसकेको र त्यसलाई खुलाउन प्रयास जारी रहेको बताएको छ।

वर्षा र कोरोना महामारीका कारण ती ठाउँबाट सामान आपूर्तिमा समस्या भएको दूतावासले जनाएको छ।

‘कोरोना रोकथामका लागि चीन र नेपालबीच सीमा नाकाहरुमा कडाइ गरिएको छ तर नेपालको स्वास्थ्य सामग्री र दैनिक आवश्यकतालाई मध्यनजर गरी चीनबाट नेपालमा एकतर्फी सामान आपूर्तिका लागि झ्याङमू र जिलङ पोर्ट खुला गरिएको थियो,’ नेपालस्थित चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्षा र महामारीका कारण ती पोर्टहरुबाट सामानको ढुवानीमा पटक पटक अवरोध सिर्जना भएको छ।’

त्यहाँबाट छिटोभन्दा छिटो ढुवानी सुचारु गर्नका लागि चीन र नेपाल दुवैतर्फबाट तदारुकताका साथ काम भइरहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad