सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।
श्रेष्ठले आफ्नो निजी निवास हरिसिद्दिमा राजदूत क्वात्रासँग भेट गरेका हुन्। भेटमा नेपाल भारत सम्बन्धका बिभिन्न आयामका बारेमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ।
साे क्रममा दुई देशकाबीचमा रहेका समस्यालाई छिटो वार्ताको माध्यमबाट समाधान गर्नु पर्ने आवश्यकताका बारेमा पनि विचार आदान प्रदान भएको थियो।

पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भेटवार्तामा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया मामिला हेर्ने टिकाराम उपाध्यायलाई उपस्थित गरेका थिए।
नेपालका नेताहरु एक्लाएक्लै खुसुक्क विदेशी राजदूतहरुलाई भेट्ने गरेको भनेर आलोचना भइरहेका बेला श्रेष्ठले परराष्ट्रका पदाधिकारीलाई साथमा राखेका हुन्।
Shares

प्रतिक्रिया