राजनीति


लद्दाखमा चीनको पहाड भारतले कब्जा गरेको दाबी

लद्दाखमा चीनको पहाड भारतले कब्जा गरेको दाबी

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार ०:४५,

भारतीय सेनाले सीमा क्षेत्र लद्दाखअन्तर्गत चीनतर्फ पर्ने पेङगान्स त्सो तालवरिपरिका थुप्रै पहाड कब्जा गरेको दाबी गरेको छ।

दैनिक भास्करका अनुसार पहिले चीनका सेनाको बाक्लो उपस्थिति रहेको पेङगान्स तालकाे उत्तरी क्षेत्रस्थित फिंगर ४ देखि फिंगर ८ सँगै कैयौं पहाडी क्षेत्र अहिले भारतका सेनाले कब्जा गरेको हो।

पेङगान्स ताल क्षेत्रको उत्तरी इलाकामा चीनले पनि आफ्नो सेनाको तैनाथी बढाउँदै लगेको छ। तर दक्षिणी क्षेत्रमा चीनका सैनिक पराजित भएको र उत्तरी क्षेत्रमा आफ्नो सैनिक संख्या बढाइरहेको भारतका सेनाले दाबी गरेको हाे।

यसअघि अगस्ट २९–३० राति चीनका सेनाले पेङगान्स तालको दक्षिणतर्फ पहाड कब्जा गर्न खोजेको थियो। त्यसबेला दुई देशका सैनिक आमनेसामने भएका थिए।

यही सेप्टेम्बर १ मा पनि चीनका सेना घुसपैठ गर्न खोजेको आरोप भारतका सेनाले लगाइरहेको छ। सेप्टेम्बर ७ मा पनि चीनका सेना भारतका पोस्टतर्फ आगडि बढेको उसको आरोप छ।

यही क्रममा चेतावनी स्वरूप भारतका सेनाले फायरिङ गरेको थियो। अहिले उक्त क्षेत्रमा दुवै देशका सेना ‘हाई अलर्ट’मा रहेको बताइएको छ।एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .