यद्यपी छलफलमा निष्कर्ष ननिस्किए भारतसँग सैन्य विकल्प बाँकी रहेको रावतको भनाइ छ।
हिन्दुस्तान टाइम्सका अनुसार रावतले भनेका छन्,‘पूर्वी लद्दाखमा चिनियाँ जनमुक्ति सेनाले गरिरहेको अतिक्रमणविरुद्ध लड्न भारतसँग एक सैन्य विकल्प छ, तर यसको प्रयोग त्यसबेला गरिन्छ जब दुई देशबीचका सेनाबीच जारी छलफल र राजनीतिक विकल्प अर्थहिन सावित हुनेछ।’
गत जुन १५ मा भारत र चिनियाँ सेनाबीच लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा भिडन्त हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।
त्यस झडपयता भारत र चीनका सेनाबीच पाँच पटकसम्म कामाण्डरस्तरीय वार्ता भइसकेको छ। छलफलमा विवादित क्षेत्रबाट सेनाहरु हटाउने सहमति भएको बताइएको थियो।
तर चिनियाँ सेनाहरु सहमतिअनुसार पछाडि नहटेको भारतीय सेनाको आरोप रहेको छ। एजेन्सी

प्रतिक्रिया