बेलायती हक्की खेलाडी टोलीले विश्वकै सबैभन्दा बढी उचाइको भूमि अर्थात् पाँच हजार २० मिटर उचाइमा अवस्थित मुस्ताङको थोरङलामा हक्की खेलेर विश्व कीर्तिमान कायम गरेको हो।
बेलायतबाट आएका ३४ जना व्यावसायिक हक्की खेलाडीमध्ये ३१ जनाले थोरङ्लामा हक्की खेलेका थिए। उनीहरुले यही जुलाई १६ तारिखका दिन एक घण्टा हक्की खेलेका हुन्।
यो हालसम्मकै सबैभन्दा बढी उचाइमा खेलिएको हक्की खेल हो। हक्की युरोपियन मुलुकका साथै एशियाको भारतमा बढी लोकप्रिय छ।
नेपालमा भने विगत चार वर्षदेखि हक्की खेल शुरु गरिएको छ।
बेलायतबाट विश्व कीर्तिमान कायम राख्न नेपाल आएका हक्की खेलाडीलाई नेपाल भ्रमण वर्ष सचिवालयले आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सम्मान गरेको छ।
भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले खेलाडीलाई नेपाली टोपी र भ्रमण वर्षको लोगोसहित सम्मान गरेका थिए।
Shares

प्रतिक्रिया