विभिन्न नागरिक अगुवाहरुले संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्दा राजनीतिक भागबण्डाको आधारमा गर्ने परिपाटीका कारण ती निकायहरुको औचित्यमाथि नै प्रश्न चिन्ह लाग्न थालेको बताएका छन्।
संवैधानिक निकायका प्रमुखहरु नियुक्त गर्न राजनीतिक नेतृत्वका बीचमा छलफल चलिरहेको सन्दर्भमा उनीहरुले भागबण्डाको आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्त गर्नसमेत जोड दिएका छन्।
नागरिक अगुवाहरु वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, पूर्व सचिवद्वय श्यामप्रसाद अधिकारी र भरतबहादुर थापा, पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठलगायतले शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशित गरी संवैधानि निकायको आस्था र शाख जोगाउन तथा सत्तासिन राजनीतिक दलको छायाँ बननबाट जोगाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया