राजनीति


प्रविधि क्षेत्रमा एकाधिकार जमाउन अमेरिकाले चिनियाँ कम्पनीमा प्रतिबन्ध लगायोः चीन

प्रविधि क्षेत्रमा एकाधिकार जमाउन अमेरिकाले चिनियाँ कम्पनीमा प्रतिबन्ध लगायोः चीन

नेपालखबर
साउन २२, २०७७ बिहिबार ९:५८,

राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी र एपहरु चीन सरकारको जासुसीको माध्यम भएको बताउँदै आएका छन्।

चिनियाँ जनमुक्ति सेनाको निर्देशनमा चल्ने भएकाले चीनका प्रविधि कम्पनीहरु अमेरिकासँगै विश्वका सबै मुलुकको सुरक्षाका लागि खतरा भएको अमेरिकी ठहर छ।

त्यसकारण हाल अमेरिकाले चर्चित प्रविधि कम्पनी हुवावेसहितका चिनियाँ अन्य कम्पनी र एपहरुमा प्रतिबन्ध लगाएको छ। अमेरिकाले विश्वले नै चिनियाँ सामग्रीलाई प्रतिबन्ध लगाउनु पर्ने बताउँदै आएको छ।

Huawei is Not Even Able to Dominate in China! Rivals Surprise and ...

बुधबार मात्र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी कम्पनीले विश्वास गर्न नसकिने चिनियाँ एपहरु अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

बिहीबार चीनको विदेशमन्त्रालयले अमेरिकी कार्यहरुको विरोध जनाएको छ। चीनले अमेरिकाले लगाएका आरोपहरुमा सत्यता नभएको बताएको छ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबीनका अनुसार अमेरिकाले चिनियाँ प्रविधि कम्पनी र एपहरुमा प्रतिबन्ध लगाउनुको उद्देश्य एउटै छः अमेरिका विश्व प्रविधिको क्षेत्रमा एकअधिकार जमाउन चाहन्छ।

अमेरिकाले प्रविधिको क्षेत्रमा अमेरिकालाई चुनौती दिएकाले अमेरिका चिनियाँ प्रगतिबाट सशंकित बनेको चीनको ठहर छ। स्वस्थ्य प्रतिस्पर्धाबाट अमेरिका डराएको चीनले बताएको छ। सीजीटीएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad