गत जुन १५ मा गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप भएपछि हालसम्म चारवटा कमाण्डरस्तरीय वार्ता भइसकेको छ।
हाल पाँचौं चरणको वार्ता जारी छ। यी वार्ताको उद्देश्य सीमा विवाद साम्य बनाउनु रहेको छ।
यी वार्ताहरुमा विवादित क्षेत्रबाट दुवै देशका सेना पछाडि हट्नुपर्ने सहमति भएको थियो।
सहमति अनुसार नै दुवै देशका सेनाहरु विवादित क्षेत्रका अधिकाँश स्थानबाट पछाडि हटेको चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले मंगलबार बताएका हुन्।
— Global Times (@globaltimesnews) July 28, 2020#Chinese and #Indian border troops on the frontline have disengaged in most locations. A 5th round of commander-level talks is currently under preparation to resolve the remaining issues: Chinese FM spokesperson Wang Wenbin pic.twitter.com/4urXegxS17
उनले भनेका छन्,‘लद्दाख नजिकको विवादित क्षेत्रबाट दुवै देशका सेना अधिकाँश स्थानबाट पछाडि हटेका छन्।’
भारतले सहमति विपरित चिनियाँ सेना अझै विवादित क्षेत्रमा रहेको अरोप लगाइरहँदा चीनको पछिल्लो भनाइ आएको हो। एजेन्सी
प्रतिक्रिया