ad ad

राजनीति


डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रयास असफल

डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रयास असफल

नेपालखबर
साउन २, २०७६ बिहिबार १०:६,

टेक्सासका डेमोक्रमेटिक पार्टीका सांसद एल ग्रीनले डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाएर राष्ट्रपतिबाट हटाउनु पर्छभन्दै गरेको प्रस्ताव अमेरिकी संसदले अस्वीकार गरेको हो।

एल ग्रीनले डेमोक्रेटिक पार्टीका चार महिला सांसदमाथि ट्रम्पले जातिवादी टिप्पणी गरेकाले राष्ट्रपतिलाई महाअभियोग लगाइनु पर्ने भन्दै संसदमा महाअभियोगकको प्रस्ताव दर्ता गरेका थिए।

उक्त प्रस्तावको पक्ष र विपक्षमा मतदान हुँदा ट्रम्पको पक्षमा रिपब्लिकन सांसदले ३३२ भोट खसाले। विपक्षमा डेमोक्रेटिकका ९५ सांसदले भोट हालेका थिए।

अर्थात् प्रस्तावमा ट्रम्पको पक्षमा २३७ भोट बढी खसेको थियो। यससँगै ट्रम्पमाथि महाअभियोग अस्वीकार भएको हो।

यस मतदानमा आफ्नो पक्षमा मत खसेपछि डोनाल्ड ट्रम्पले आफूलाई महाअभियोग लगाएर पदबाट हटाउने कार्य हास्यास्पद भएको बताएका छन्।

उनले यो कार्य कुनै पनि अमेरिकी राष्ट्रपतिविरुद्ध हुन नहुने बताएका छन्।

ट्रम्पले केही दिन अगाडिमात्र अमेरिकामा रहेका विपक्षी पार्टीका चार आप्रवासी महिला सांसदलाई आफ्नै घर फर्कन अमेरिकीलाई राजनीति गर्न सिकाउनु नपर्ने अभिव्यक्ति दिएका थिए।

यस टिप्पणीमा धेरै मानिसले ट्रम्पको अभिव्यक्ति नश्लवादी भएको बताएका थिए। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .