राजनीति


सिमानाकामा थप कडाइ गर्न मुख्यमन्त्री राउतको निर्देशन

सिमानाकामा थप कडाइ गर्न मुख्यमन्त्री राउतको निर्देशन

शैलेन्द्र महतो
साउन ११, २०७७ आइतबार ११:१३,

कोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारले नेपाल-भारत सिमानाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई  निर्देशन दिएको छ। 

प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्नुको मुख्य कारण सिमानाकाबाट लुकीछिपी आउनेहरु रहेकाले सिमानाकामा कडाई गर्न तीन वटै सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको हो।

आइतबार सम्पन्न पीसीएमसीको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले लक्षण सहितका कोरोना संक्रमित देखिन थालेपछि यसबाट जोगिन अपनाउनु पर्ने उपायबारे विज्ञहरुसँग सुझाव समेत लिएका छन्।

कोरोना नियन्त्रणका लागि भए गरेका कामकाजको प्रगतिबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए।

बैठकमा सामाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव अर्जुन प्रसाद पोखरेल सहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad