राजनीति


एक घर-एक नयाँ रोजगारको सिर्जना गरौं : मन्त्री अर्याल

एक घर-एक नयाँ रोजगारको सिर्जना गरौं : मन्त्री अर्याल

नेपालखबर
असार २६, २०७७ शुक्रबार ८:३९,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिमरकार्यक्रम सम्पन्न गरिएका छन्।

मन्त्रालयले स्याङ्जा जिल्लाका विभिन्न १४ वटा सहकारी संस्थालाई उपलब्ध गराएको एक करोड अनुदानबाट ती सहकारी संस्थाहरुले १५ वटा सीपमूलक, व्यवसायिक उद्यमी तालिम तथा कार्यक्रम सम्पन्न गरिएका हुन्।

त्यसअवसरमा अचार बनाउने, च्याउ खेती गर्ने, ढाका बुन्ने, मौरीपालन लगायतका उद्यमशिलता तालिमहरु सम्पन्न गरिएका हुन्। मौरीका घार लगायत उद्यमी बन्नका लागि आवश्यक उपकरणसमेत त्यस अवसरमा उपलब्ध गराइएको थियो।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भिडियो संवादमार्फत कार्यक्रमको सफलताको कामना व्यक्त गरेकी थिइन्। त्यस अवसरमा मन्त्री अर्यालले वर्तमान परिस्थिति र जिम्मेवारीको कारणले उक्त कार्यक्रमहरुमा भौतिक रुपमा उपस्थित हुन नसकेता पनि भिडियोमार्फत सम्बोधन गरेकी थिइन्। ‘समृद्ध नेपाल–सुखी नेपाली’को लक्ष्य भेट्नका निम्ति यस्ता कार्यक्रम निरन्तर रहन जरुरी रहेको त्यस अवसरमा मन्त्री अर्यालले बताए।

हरेक व्यक्तिलाई सीप सिकाउँदै आत्मनिर्भर तथा व्यवसायमूखी बनाउन जरुरी रहेको भन्दै मन्त्री अर्यालले अब गाउँमा नै आर्थिक सम्भावनाको खोजी गर्नुपर्ने बताए। गाउँमा उत्पादन वृद्धि गरेर रोजगारी सिर्जना गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताइन्। ‘तपाईंहरू उद्यमी बनेर बजारलाई आवश्यक पर्ने वस्तुहरु उत्पादन गर्नुस्। त्यसका निम्ति आवश्यक बजारको व्यवस्थापन हामी गर्छौ’, मन्त्री अर्यालले भनिन्, ‘एक घर–एक नयाँ रोजगारको अभियानसँगै गाउँमा रोजगारीको सिर्जना गरौं।’

एनले हरेक व्यक्ति ज्ञान र सीपसहित आत्मनिर्भर, स्वरोजगारी र लघु उद्यमी बन्नुपर्ने उनको भनाइ थियो। यसका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट शुरु गरिएको जानकारी दिइन्।

स्याङ्जाका पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, भिरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, कालिगण्डकी गाउँपालिका, चापाकोट नगरपालिकाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक तालिम सम्पन्न गरिएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad