राजनीति


तिब्बतको विषयमा हस्तक्षेपकारी भूमिका खेल्ने अमेरिकीलाई चीनले भिषा नदिने

तिब्बतको विषयमा हस्तक्षेपकारी भूमिका खेल्ने अमेरिकीलाई चीनले भिषा नदिने

नेपालखबर
असार २४, २०७७ बुधबार १२:१३,

यसबीचमा अमेरिकी अधिकारीहरु जसले तिब्बतको विषयमा हस्तक्षेपकारी भूमिका खेलेका छन् उनीहरुलाई चीनको भिषा प्रदान नगरिने बुधबार बेइजिङले जनाएको छ।

बुधबार चिनियाँ विदेशमन्त्रालयले यस विषयमा जानकारी दिएको हो।

अमेरिकाले चालेको गलत कदमको प्रतिक्रिया स्वरुप तिब्बतको विषयमा असामान्य व्यवहार गर्ने अमेरिकी अधिकारीलाई चीनको भिषा प्रदान नगर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका हुन्।

हालै मात्र हङकङमा नयाँ सुरक्षा कानुन लागू भएको छ। हङकङको स्वतन्त्रता खोसेको आरोप लगाउँदै उक्त कानुन ल्याउनमा संलग्न चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरुलाई अमेरिकाले भिषा नदिने घोषणा गरेको थियो।

यसकै प्रतिक्रया स्वरुप चीनले पनि अमेरिकी अधिकारीलाई भिषा नदिएको हुनसक्ने अनुमान गरिएको छ।

त्यस अलवा हालै अमेरिकाले विवादित जल क्षेत्र दक्षिण चीन सागरमा सैन्य अभ्यास गरेको छ। चीनले आफ्नो दाबी गर्ने यस जलक्षेत्रमा चिनियाँ सैन्य अभ्यास जारी भएकै अवस्थामा अमेरिकी सैन्य अभ्यास भएपछि चीन अमेरिकासँग रुष्ट छ।

हालै अमेरिकाले हुवावे, जेटटीएसहितका चिनियाँ प्रविधि कम्पनीमा पनि प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .