राजनीति


कैलालीमा ओली र प्रचण्डपक्षीय कार्यकर्ताबीच झडप

कैलालीमा ओली र प्रचण्डपक्षीय कार्यकर्ताबीच झडप

नेपालखबर
असार २२, २०७७ सोमबार १३:३५,

कैलालीमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप भएको छ।

सोमबार साँझ सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको समर्थनमा कार्यक्रम आयोजना गरेको थियो।

लम्की चोकमा ओली पक्षका कार्यकर्ताले ‘प्रचण्ड कम्रेडले के के हर्कत गर्नु भएको छ, हामीलाई थाहा छैन?’ भन्दै भाषण गरेपछि प्रचण्ड पक्षका कार्यकर्ताले ‘नाम तोकेर कसलाई भनेको’ भन्दै हातपात गरेका थिए।

त्यसलगतै ओली पक्षका कार्यकर्ताले भारतीय दलाललाई कारबाही गर भन्दै प्रचण्डविरुद्ध नारा जुलुस गरेका थिए।

प्रहरीले तत्काल स्थिति नियन्त्रणमा लिएको थियो। त्यसपछि दुवै पक्षका कार्यकर्तालाई सम्झाई बुझाई गरेर स्थिति नियन्त्रणमा लिएको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम सिंह राणाले बताए।

काठमाडौंमा नेकपा शीर्ष नेताबीच विवाद चुलिएपछि कार्यकर्ता समेत एकअर्काको समर्थन र विरोधमा उत्रिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad