प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै बढुवा भएका सेनाका दुई उच्च अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
जंगी अड्डामा शुक्रबार आयोजित एक समारोहमा उपरथी दर्जामा पदोन्नती भएका प्रेम शाही र सहायक रथी दर्जामा पदोन्नती भएका प्रेम बहादुर पुनलाई प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
पदोन्नती भएका उपरथी प्रेम शाहीलाई श्री युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी र सहायक रथी प्रेम बहादुर पुनलाई श्री प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिईएको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को यही असार १५ गतेको निर्णय बमोजिम उनीहरुको बढुवा भएको हो।

प्रतिक्रिया