राजनीति


प्रचण्डसँगको सहमतिविपरीत ओलीले संसद अधिवेशन अन्त्य गरेको खुलासा

प्रचण्डसँगको सहमतिविपरीत ओलीले संसद अधिवेशन अन्त्य गरेको खुलासा

नेपालखबर
असार १८, २०७७ बिहिबार ११:८,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको सहमतिविपरीत संसदको बजेट अधिवेशनको अन्त्य गरेको खुलेको छ।

नेकपाको जारी स्थायी समितिको छैटौँ दिनको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच बिहीबार बिहान संसद अधिवेशन अन्त्य नगर्ने विषयमा सहमति भए पनि मन्त्रिपरिषदले त्यसविपरीत निर्णय गरेको बताए।

स्थायी समिति बैठक बसिरहेकै बेला संसदको बजेट अधिवेशन अन्त्यको खबर पुगेपछि अध्यक्ष प्रचण्डले आजै विहान प्रधानमन्त्रीसँगको भेटमा अधिवेशन अन्त्य नगर्ने सहमति भएको जानकारी दिएको प्रवक्ता श्रेष्ठले बताए।

‘बिहान मन्त्रिपरिषद् बैठक नबस्ने र आज त्यसरी संसद अधिवेशन अन्त्य नगर्ने समझदारी अध्यक्ष प्रचण्डले बताएपछि त्यस्तो नहुनु पर्ने हो भनेर अध्यक्ष एवं प्रधानमन्त्रीसँग कुरा गर्न भनी केहिबेर बैठक स्थगित गरिएकाे थियाे’, प्रवक्ता श्रेष्ठले भने।

त्यसपछाडि प्रचण्ड र महासचिव विष्णु पौडेलले अध्यक्ष ओली र अन्य सचिवालय सदस्यसहित त्यसबारे छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

त्यसपछि प्रधानमन्त्री ओलीले ‘बिहान कुरा भएको भए पनि यसले केहि गर्दैन भनेर’ जानकारी गराएका थिए।

‘यहि परिस्थितिबीचमा पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने गम्भीर चासो सहित आज बैठकले पुनः पार्टी एकतालाई हरहालतमा रक्षा र सुदृढ गर्नेगरी अगाडि बढ्न आवश्यकता महशुस् गरी बैठक स्थगित गरिएको छ,’ श्रेष्ठले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad