सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
बालुवाटार शीर्ष नेताहरुको बैठकको बीचमै उठेका प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेको एक नेताले बताए। राष्ट्रपतिसँग अध्यक्ष प्रचण्डले के विषयमा भेट्न खोजेका हुन् भन्ने विषयमा भने केही बताइएको छैन्।
यसअघि आजै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए।
छैटौँ दिनको स्थायी समिति बैठक जारी रहेकै समयमा बसेको मन्त्रिपरिषदको बैठकले संसदको वर्ष अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद बैठकपछि सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए।
मन्त्रिपरिषद बैठकपछि सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए। त्यसपछि महासचिव विष्णु पौडेलको पहलमा स्थायी समिति बैठक रोकेर शीर्ष ७ नेताबीच छलफल सुरु भएको थियो। तर, अध्यक्ष प्रचण्ड छलफल जारी रहेकै समयमा बैठक छाडेर बाहिरिएका हुन्।
‘कारण थाहा भएन, ६ जना नेताहरुको बैठक चलिरहँदा अध्यक्ष प्रचण्ड बाहिरिनुभएको छ’, एक मन्त्रीले नेपालखबरसँग भने।
Shares

प्रतिक्रिया