राजनीति


महासचिव पौडेलको पहलमा ओली–प्रचण्डसहितका नेताबीच छलफल

महासचिव पौडेलको पहलमा ओली–प्रचण्डसहितका नेताबीच छलफल

नेपालखबर
असार १८, २०७७ बिहिबार ९:२,

नेकपाभित्रको जारी विवाद अन्त्यका लागि नेताहरुबीच छलफल सुरु भएको छ।

 स्थायी समिति बैठकको छैटौँ दिन बैठक बीचैमा रोकेर शीर्ष ७ नेता छलफलमा जुटेका हुन्।

स्थायी समिति बैठक चलिरहेको हलसँगै जोडिएको अर्को हलमा ७ नेताहरुबीच छलफल भइरहेको ती नेताले जानकारी दिए।

सो छलफलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल रहेको ती नेताले नेपालखबरलाई जानकारी दिए।

स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि महासचिव पौडेलको पहलमा बैठक रोकेर विवाद अन्त्यका लागि छलफल सुरु भएको हो।

यसअघि आज बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर पौडेलले एकता प्रक्रियालाई अघि बढाउन पनि मिलेर जानुपर्ने मध्यमार्गी धारणा राखेका थिए।

गत बुधबारदेखि जारी स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद चुलिएको हो।

पटक–पटक स्थगित हुँदै सुरु भएको बैठक बिहीबार फेरि प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि विवादमा परेको हो।
स्थायी समिति बैठकअघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेपछि बैठक सोही विषयमा विषयमा केन्द्रित भएको थियो। बैठक बसेको केही बेरमै स्थगित गरिएको हो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad