राजनीति


सीमामा सशस्त्रको उपस्थिति बढ्दै, थप ८९ बीओपी थपिँदै (सूची)

सीमामा सशस्त्रको उपस्थिति बढ्दै, थप ८९ बीओपी थपिँदै (सूची)

नेपालखबर
असार १४, २०७७ आइतबार ११:५७,

सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढाउने भएको छ।

सीमानामा नेपालको उपस्थिति कमजोर भएको गुनासो आइरहेका बेला गृह मन्त्रालयले बोर्डर आउट पोष्टको संख्या ५ सय पु-याउने तयारी गरिरहेको छ। गृह मन्त्रालय श्रोतका अनुसार ८९ वटा बीओपी थप्ने प्रक्रिया अगाडि बढिसकेको छ।

सरकारले बीओपीको संख्या थप्नेसँगै स्तरोन्नतीको काम पनि गरिरहेको छ। चालु आर्थिक वर्षभित्रै २१ वटा बीओपीको स्तरोन्नती भएको गृह मन्त्रालयले तथ्यांक छ। हाल भारत र चीन तर्फका सीमानामा ८६ वटा बीओपी रहेका छन्।

तर सरकारले ११४ वटा बीओपी थप गर्ने निर्णय गरेको थियो। यो निर्णय अनुसार भारततर्फ २१ र चीन तर्फका सीमानामा ४ वटा बीओपी स्थापना भइसकेका छन्। बाँकी रहेका ८९ बीओपी स्थापना गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको गृह मन्त्रालयले जानकारी गराएको छ। यो सँगै भारत र चीनका सीमानामा २२२ वटा बीओपी रहनेछन्।

तर गृहमन्त्री रामबहादुर थापाले ५०० बीओपी पुर्याउने र त्यसका लागि आवश्यक जनशक्तिकाे प्रस्ताव तयार पार्न सशस्त्रलाइ निर्देशन दिएका थिए।

स्थापनाको तयारीमा प्रदेश १ का सीमानामा ३०, प्रदेश २ मा १३ र बागमती प्रदेशमा दुई वटा स्थापना हुने भएका छन्। यस्तै प्रदेश ५ मा ३६ वटा र सूदुरपश्चिम प्रदेशका सीमानामा १३ वटा बीओपी रहने छन्।

अहिले सशस्त्रको आधाभन्दा बढी जनशक्ति सीमानामा खटिएको सशस्त्र प्रहरीले जनाएको छ।

 कहाँ कहाँ छन् बीओपी? (सूची)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad