राजनीति


प्रधानमन्त्रीको अभिव्यक्तिपछि बाबुराम भट्टराई भन्छन् : हटाउने उचित बेला कहिले त?

प्रधानमन्त्रीको अभिव्यक्तिपछि बाबुराम भट्टराई भन्छन् : हटाउने उचित बेला कहिले त?

नेपालखबर
असार १४, २०७७ आइतबार ११:५३,

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै दल बाहेक अरु कसैले हटाउने व्यवस्था नभएको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति अनुपयुक्त भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आयोजित एक कार्यक्रममा आफूलाई हटाउन दिल्ली र देशभित्रकै शक्ति लागिपरेको भन्ने धारणा व्यक्त गरेका थिए।

ओलीको भनाईप्रति सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री भट्टराईले संविधानमै व्यवस्था नभएको कुरामा प्रधानमन्त्री ओलीले चिन्ता लिएको बताए।

ट्वीटमा उनले लेखेका छन्, ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन, तर अहिले हटाए नक्सा छापेको करणले हुने भोलि सलहले दुख दिएको बेला हुने? पछि बाढीपहिरो आएको बेला हुने? अलिपछि दशैँ तिहारको बेला हुने? अनि जाडोको बेला हुने? उचित बेला चैं कैले रच हँ?’ आइतबार मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेकै कारण पदबाट हटाउने खेल सुरु भएको गुनासो गरेका थिए।

नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारको नेतृत्व गर्न सफल नभएको भन्ने आवाज उठिरहेका बेला प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad