सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले लकडाउन अवधिको शुल्क असुली नगर्न निजी विद्यालयहरुलाई चेतावनी दिएको छ।
सोमबार संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त विज्ञप्ति प्रकाशित गरी कोरोना कहरका कारण भइरहेको लकडाउनको अवधिमा समेत अभिभावकको ढाड सेक्ने गरी शुल्क असुल गर्न प्याब्सन र एन प्याब्सनले विज्ञप्ति प्रकाशित गरेकोप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनले केही दिन अघि प्रकाशित गरेको विज्ञप्तिमा लकडाउन अवधिको समेत विद्यार्थीले शुल्क तिर्नुपर्ने बताएका थिए। सो विज्ञप्तिमा विद्यार्थीको भर्ना गर्न, २०७६ सालको बाँकी बक्यौता चुक्ता गर्न तथा २०७७ सालको शुल्क भुक्तानी गर्न अपील गरिएको थियो।
निजी विद्यालयका संगठनहरुको सो अपीललाई ‘असान्दर्भिक र अब्यवहारिक’ भन्दै तत्काल सच्याउन अनेरास्ववियूले चेतावनी दिएको छ।

प्रतिक्रिया