अमेरिकामा काला जातिका अमेरिकी नागरिक जोर्ज फ्लोएडलाई प्रहरीले घुँडाले थिचेर मारेको भन्दै सुरु भएको आन्दोलन क्रममा बेलायतमा प्रदर्शनकारीले ब्रिस्टोलमा रहेको ‘स्लेभ ट्रेडर्स’ अर्थात् दास व्यापारीको प्रतिमा ढालेका छन्।
प्रदर्शनकारीले १७औं शताब्दीमा स्थापित प्रतिमा ढालेर जोर्जलाई प्रहरीले घुँडाले थिचेजसरी नै घुँडाले थिचेका हुन्। त्यसपछि उनीहरूले हार्बर तटीय क्षेत्रको पानीमा फालेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकाको मिनेसाेटा राज्यको मिनियापोलसमा गत मे २५ तारिख ४६ वर्षीय अश्वेत व्यक्ति जर्ज फ्लोइड प्रहरीकाे यातनाबाट मारिएपछि अमेरिकासहित विश्वभर रंगभेदविरुद्ध व्यापक आन्दोलन भइरहेकाे छ।

प्रतिक्रिया