ad ad

राजनीति


जनता समाजवादीको अध्यक्षमा महन्थ र उपेन्द्र

जनता समाजवादीको अध्यक्षमा महन्थ र उपेन्द्र

नेपालखबर
जेठ २५, २०७७ आइतबार १४:३३,

महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा जनता समाजवादी दल निर्वाचन आयोगमा दर्ता भएको छ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) आइतबार निर्वाचन आयोगमा दर्ता भएको हो। दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार मात्रै पार्टी पदाधिकारीको बारेमा सहमति जुटेपछि दल दर्ता भएको हो।

दल दर्ता भएपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले दुई अध्यक्ष र तीन जना वरिष्ठ नेताको नाम राखेर ५३ सदस्य कार्यकारी समितिको तर्फबाट दल दर्ता भएको बताए। उनले जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको र वरिष्ठ नेतामा डा. बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतोको नाउँमा सहमति जुटेको बताए।

बाँकीको जिम्मेवारी दल दर्ताको प्रक्रिया पुरा भएपछि तोकिने उनले बताए। उनले जसपामा राजनीतिक समितिमा १ सय ५१ सदस्य र केन्द्रीय समितिमा ७ सय १ जना रहने सहमति भएको र यसको पूर्णता पनि दल दर्ताको प्रक्रियाको क्रममा नै हुने बताए।

दल दर्ताका लागि शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतका नेताहरु निर्वाचन आयोगको कार्यालय पुगेका थिए। वरिष्ठ नेता महतोले जसपाले दल दर्ता नम्बर १३९२ पाएको बताए।

सरकारले दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएपछि गत बैशाख १० गते समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गर्ने सहमति भएको थियो। वैशाख ११ गते दुवै पार्टीका नेताहरु आयोग पुगेर एकता बारे लिखित जानकारी गराएका थिए।

आयोगमा लिखित जानकारी गराएको ४५ दिन भित्रमा दल दर्ता गराउनुपर्ने प्रावधान अनुसार अन्तिम दिन आइतबार जसपाका नेताहरुले दल दर्ता गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .