ad ad

राजनीति


दक्षिण एसिया हेर्न अमेरिकाले खटायो नयाँ कुटनीतिज्ञ

दक्षिण एसिया हेर्न अमेरिकाले खटायो नयाँ कुटनीतिज्ञ

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार १६:२३,

अमेरिकाको विदेश मन्त्रालय अन्तर्गतको दक्षिण तथा मध्य एसिया ब्युरोको कार्यवाहक प्रमुखमा थोमस एल भाइडा नियुक्त भएका छन्।

यसअघिकी उपसहायक विदेशमन्त्री एलिस वेल्स जेठ ९ मा सेवानिवृत्त भएपछि सो जिम्मेवारी भाइडाले सम्हाल्ने भएका हुन्।

भाइडा दक्षिण तथा मध्य एसिया ब्युरोको वरिष्ठ सल्लाहकार हुन्। उनीले यस क्षेत्रमा अमेरिकी नीति तथा सम्बन्धलाई हेर्ने छन्। यसअघि नै भारत, बंगलादेश, नेपाल, श्रीलंका, भुटान र माल्दिभ्स हेर्ने गरी उनी उपसहायक विदेशमन्त्रीको जिम्मेवारीमा थिए।

त्यसअघि दक्षिण तथा मध्य एसिया मामिला अन्तर्गत सुरक्षा तथा यातायात ममिला सम्बन्धी कार्यवाहक उपसहायक विदेश मन्त्री थिए। उनी सन् १९९१ मा विदेश सेवामा प्रवेश गरेका थिए।

यसअघि सो जिम्मेवारीमा रहेकी वेल्सले दुई पटक नेपाल भ्रमण गरेकी थिइन्। उनले आफ्नो कार्यकालमा अमेरिकी आर्थिक सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी) पारित गराउनु जोड दिँदै आएकी थिइन्।

सेवानिवृत्त हुनु केही दिनअघि दक्षिण तथा मध्य एसियाका पत्रकारहरुसँग भर्चुअल प्रेस कम्फ्रेन्समा उनले चीनको प्रभावमा नपरी नेपालले एमसीसी पारित गर्नुपर्ने जोड दिएकी थिइन्। उनले नेपालमा एमसीसीको विषयमा भइरहेको विवादप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्।

चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)मा नेपालको सहभागिता रोक्न तथा एमसीसी चाँडो पारित गराउन प्रयास गरेकी थिइन्। वेल्सले बीआरआईको दोस्रो सम्मेलनअघि नेपाल भ्रमण गरेकी थिइन्।

त्यसैगरी, अमेरिकाका वैदेशिक मामिला सम्बन्धी संसदीय समितिमा बोल्दै उनले नेपालमा चीनको प्रभाव विस्तार भएको बताएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .