ad ad

राजनीति


लिपुलेकमा पूर्वाधार निर्माण गर्न बजेट छुट्याऊः खाँड

लिपुलेकमा पूर्वाधार निर्माण गर्न बजेट छुट्याऊः खाँड

नेपालखबर
जेठ १८, २०७७ आइतबार ९:५७,

नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले कालापानी र लिपुलेक क्षेत्रमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा उनले कागजमा मात्रै भूमि फिर्ता गरेर नहुने भन्दै यस्तो माग गरेका हुन्।

सरकारले आफ्नो भूमि फिर्ता गर्ने निर्णय गरेर संविधान संशोधन विधेयक सदनमा पेश गरेको अवस्थामा पनि त्यो क्षेत्रका विकासका लागि बजेटको व्यवस्था नभएको प्रति उनले प्रश्न गरे। नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा मात्रै नभएर वास्तविकतामा पनि फिर्ता ल्याउन बजेट विनियोजन हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए।

उनले भने, ‘नेपाली भूमि नेपालको नक्सामा हामीले सामेल गरेका छौँ। सरकारले संशोधन पनि ल्याएको छ। हामी त्यसको पक्षमा मतदान गछौँ। तर त्यो भूभाग कागजमा मात्रै ल्याउने हो? व्यवहारिकतामा आउने होइन्। आउने हो भने सरकारले बाटो, पुल, विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी बनाउनुप-यो। त्यसका लागि बजेट छ्टयाएर साँच्चै त्यो भूभाग नेपालको अधिनमा ल्याइन्छ भन्ने कमिटमेन्ट हुनुपर्छ। वास्वविक रुपमा नेपाली नै उपभोग गर्ने ढंगले यहि बजेटमै व्यवस्था गरियोस।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .