राजनीति


संसदीय सुनुवाइ समितिको बैठक बस्दै

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

नेपालखबर
साउन १२, २०८३ मंगलबार ६:१३, काठमाडौँ

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ।

सोमबार बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौँ)को सुनुवाइ गर्ने कार्यसूची छ।  

संवैधानिक परिषद्को गत असार १९ को बैठकले संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिश गरेको थियो। यस्तै, निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिश गरेको थियो। 

संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।

समितिले यसअघि प्रमुख आयुक्त र आयुक्तविरुद्ध उजुरी आह्वान गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad