ad ad

राजनीति


पूर्व गृहमन्त्री शर्माले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी र गाडी फिर्ता गरे

पूर्व गृहमन्त्री शर्माले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी र गाडी फिर्ता गरे

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ११:४५,

पूर्व गृहमन्त्री जनार्दन शर्माले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन्।

बुधबार सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई टेलिफोन गर्दै आफ्ना सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान भनेका शर्माले बिहीबार उनीहरुलाई बिदा गरेका हुन्।

शर्माको सचिवालयका अनुसार शर्माले गाडीसहित सबै सुरक्षाकर्मी फिर्ता गरेका हुन्। प्रहरी नायव निरीक्षक (सई)को नेतृत्वमा रहेका सुरक्षाकर्मीलाई शर्माले भने, ‘अहिले देश कठिन अवस्थामा छ, भोलि आवश्यक परेछ भने फेरि लिउँला अहिले तपाईंहरु देशको समस्यामा खटिनुहोस्।’

Image may contain: 2 people

शर्माको सुरक्षामा सईको कमाण्डमा १० सुरक्षाकर्मी खटिएका थिए।

सरकारले पहिले नै पूर्वमन्त्रीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरे पनि कार्यन्वयन गराउन सकेको थिएन। तर पछिल्ला केही दिनमा पूर्वमन्त्रीहरु आफैं सुरक्षाकर्मी फिर्ता गर्न थालेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .