आज (सोमबार) साँझ ५ बजे मन्पिरिषद् बैठक बस्नेभएको छ।
सो बैठक लगत्तै साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा संबोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरलाई बताए।
सो संवोधनको नेपाल टेलिभिनबाट प्रत्यक्ष प्रसारण गरिने थापाले बताएका छन्।
कोरोना महामारीका कारण सिर्जित संकट, दुई महिनादेखि जारी देशव्यापी लकडाउन लगायत विषयबारे प्रधानमन्त्रीले संबोधन गर्ने बताइएको छ।
जेठ २० गतेपछि लकडाउन खुकुलो पार्ने तयारी भइरहेको भनी स्वास्थ्य मन्त्री र अन्य अधिकारीहरुको भनाई आइरहेका बेला प्रधानमन्त्रीले संबोधन गर्न लागेका हुन्।
3
Shares

प्रतिक्रिया