सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ।
सभापति रवि लामिछानेको अध्यक्षतामा गठन भएको महाधिवेशन मूल आयोजक समितिका सदस्यहरूमा डा स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ्ग, मनीष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली, सागर ढकाल रहेका छन्।
यस्तै, सबै केन्द्रीय सदस्यहरू र सबै प्रदेश सभापतिहरूलाई पनि मूल समितिमा राखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गतेचितवनमा हुँदै छ।
111
Shares

प्रतिक्रिया