राजनीति


गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था हट्दैन: सर्वोच्च अदालत

गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था हट्दैन: सर्वोच्च अदालत

नेपालखबर
जेठ १३, २०८३ बुधबार १४:२१, काठमाडौँ

सर्वोच्च अदालतले गोला प्रक्रिया हटाउने विषयमा कुनै पनि छलफल नभएको जनाएको छ। आज (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै गोला प्रक्रियाको विकल्पबारे नसोचिएको जनाएको हो।

विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प सोचिएको भन्नेजस्ता समाचारहरू प्रकाशित भएको भन्दै त्यसमा सर्वोच्चले ध्यानाकर्षण जनाएको छ।

‘दैनिक पेसी व्यवस्थापनको लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिकरूपमा कतै पनि चर्चा र छलफल नभएको तथा गोला प्रक्रियालाई परिवर्तन गर्ने सम्बन्धमा आधिकारिकरूपमा कुनै धारणासमेत नरहेको’ अदालतका प्रवक्ता एवं सहरजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अदालतहरूमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ जारी भई सोही बमोजिम मुद्दाको पेसी व्यवस्थापन हुँदै आएको छ। 

नयाँ प्रधानन्यायाधीश नियुक्त भएपछि गोला प्रक्रियाबाट पेसी तोक्ने व्यवस्था हटाउने चर्चा चलेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad