प्रतिनिधिसभाको बैठक जारी छ।
अहिले सांसदहरूले धारणा राखिरहेका छन्।
आजको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
मन्त्री गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसैगरी प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३, मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गर्न अनुमती माग्ने प्रस्ताव प्रस्तुत गर्ने र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जनाएको छ।
जेठ ६, २०८३ बुधबार ११:२८ | May 20, 2026

प्रतिक्रिया