सांसद महावीर पुनले उद्योगका लागि विदेशबाट कच्चा पदार्थ ल्याउँदा लाग्ने कर हटाउन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा बोल्दै सांसद पुनले कर हटाउन माग गरेका हुन्। सरकारकै वीरगञ्ज कृषि औजार कारखानाका लागि कच्चा पदार्थ ल्याउँदा कर तिर्नु परिरहेको उनले गुनासो गरे।
संसारका अन्य देशमा उद्योगका लागि कच्चा पदार्थ ल्याउँदा कर नलाग्ने गरेको उनले सुनाए। नेपालमा भने कच्चा पदार्थमा कर लाग्ने र बनेका सामान ल्याउँदा कर नलाग्ने उल्टो नियम भएको उनको भनाइ थियो।
‘कच्चा पदार्थका ठूलो कर लाग्छ। कृषि औजार बनाउँदा महंगो हुन्छ,’ पुनले भने, ‘उताबाट बनेका कृषि औजार ल्याउँदा खेरी कर लाग्दैन। यो चाहि एकदमै नमिल्ने कुरा छ।’
यससँगै उलने नवपर्वतनका लागि बजेट छुट्याउन पनि माग गरे। ‘पूँजीगत खर्चको १ प्रतिशत नवपर्तनका लागि छुट्याइयोस्। यसलाई वहुवर्षिय योजनामा राख्नुपर्छ। कुनै पनि अनुसन्धान एक वर्षमै अनुसन्धान सकिँदैन,’ पुनले भने।
Shares

प्रतिक्रिया