नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका छन्।
बुधबार थापाले तारामान गुरुङकै नेतृत्वमा केन्द्रयि अनुशासन समिति पुनर्गठन गरेका हुन्। समितिका सदस्यमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपालीलाई चयन गरेका छन्।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण्प्रसाद दुलालले जनाएका छन्।
225
Shares

प्रतिक्रिया