राजनीति


संसदमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य छैन, अनुहार हेर्न मन भए बेग्लै कुरा: रास्वपा

संसदमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य छैन, अनुहार हेर्न मन भए बेग्लै कुरा: रास्वपा

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १५:३८, काठमाडौँ

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको अनुपस्थितिमा पनि सरकारको नीति तथा कार्यक्रम छलफल हुनुपर्ने जिकिर गरेको छ। 

विपक्ष दलले प्रधानमन्त्री बालेन्द्र साहको अनिवार्य उपस्थितिको माग गर्दै संसद बैठक अवरुद्ध पारिरहँदा सत्तारुढ रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्रीको सो प्रस्ताव मन्त्रीले प्रस्ताव गर्दा हुने तर सो विषय प्रधानमन्त्रीको उपस्थिति विना छलफल हुँदैन भन्नेकुरा हुनै नसक्ने बताए। उनले संसदीय नियमावलीमा प्रधानमन्त्रीको उपस्थिति विना सो विषयमा छलफल गर्न नमिल्ने भन्नेकुरा नभएकोतर्फ पनि विपक्ष दलहरूको ध्यानाकर्षण गराए।  

उनले भने,‘यो कुनै नियममा पनि प्रधानमन्त्री स्वयं यो छलफलमा आउनुपर्ने व्यवस्था छैन। र, प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी सहमती गरेर यो दोस्रो बैठकमा आयौँ। त्यसो भएपछि कि त प्रधानमन्त्रीको अनुहार नै हेर्ने हो भन्ने हुनु पर्‍यो। अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ, टेबुल गर्न दिने तर छलफलमा नजाने भन्नेकुरा हुँदैन। कुनैपनि नियमा यस्तो छैन। यो त भएन।’

प्रमुख सचेतक बुर्लाकोटीले विपक्ष दलहरुले प्रधानमन्त्रीको अनुहार हेर्न चाहे जसरी कुरा गरेको भन्दै कटाक्ष पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad