नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकमा निरासा छर्न काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई सचेत गराएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि विपक्षी दलले विरोध जनाएका छन्। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उठेका प्रश्नको उत्तर दिन प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने विपक्षीको माग छ।
त्यसैलाई लिएर कांग्रेस उपसभापति शर्माले रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संसदीय पद्धति आफैं सुन्दर बन्दैन, निर्भर हुन्छ हाम्रो ब्यवहारमा।’
उनले नागरिकलाई निराश पार्ने काम नगर्न आग्रह गरेका छन्। ‘फागुन २१ को विश्वास भत्काउँदै नागरिकमा निराशा छर्दा प्रणाली र देशको हित हुनसक्दैन! सजग बन्नुस्! बनाउनुस्! पूर्वाग्रहविना खुला सुझाव,’ उनले भनेका छन्।
Shares

प्रतिक्रिया