राजनीति


कांग्रेसको प्रदेश स्तरीय भेला आजदेखि सुर्खेतमा

कांग्रेसको प्रदेश स्तरीय भेला आजदेखि सुर्खेतमा

नेपालखबर
बैशाख २८, २०८३ सोमबार ९:५९, काठमाडौँ

नेपाली कांग्रेसको प्रदेश तथा स्थानीय तह केन्द्रित ‘प्रदेशस्तरीय भेला’ आजदेखि सुर्खेतमा सुरु हुँदैछ। वीरेन्द्रनगरस्थित शुभ होटलमा मध्याह्न सुरु हुने भेला सभापति गगनकुमार थापाले उद्घाटन गर्नेछन्।

दुई दिनसम्म चल्ने भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सुर्खेत पुगेका छन्। सभापति थापाको सचिवालयका अनुसार भेलामा प्रदेश कार्यसमिति, जिल्ला पदाधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिबीच पार्टीको आगामी रणनीतिबारे छलफल हुनेछ।

कांग्रेसले सातै प्रदेशमा संगठन सुदृढीकरणका लागि यस्ता भेला आयोजना गरिरहेको छ। यसअघि वैशाख २६ र २७ गते सुदूरपश्चिमको धनगढीमा भेला सम्पन्न भइसकेको छ।

अरू भेला कहाँ र कहिले हुनेछन्?
गण्डकीको पोखरामा : वैशाख ३१ र जेठ १ गते

बागमतीको धुलिखेलमा : जेठ ४ र ५ गते
मधेशको बर्दिवासमा : जेठ ६ र ७ गते
कोशीको सुनसरीमा : जेठ ८ र ९ गते
लुम्बिनीको तिलोत्तमामा : जेठ १४ र १५ गते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad