राजनीति


प्रधानन्यायाधीश सिफारिसबारे धारणा तय गर्न बारले बोलायो बैठक

प्रधानन्यायाधीश सिफारिसबारे धारणा तय गर्न बारले बोलायो बैठक

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार २०:२६, काठमाडौँ

नेपाल बार एसोसिएसनले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सिफारिसको विषयमा आफ्नो धारणा बैठक बोलाएको छ।

बारका अध्यक्ष डा विजय मिश्रले शुक्रबार बैठक बसेर बार एसोसिएसनले औपचारिक धारणा सार्वजनिक गर्ने नेपालखबरलाई बताए।

‘प्रधानन्याधीशमा सिफारिसका विषयमा पूर्वपदाधिकारीहरूसँग छलफल गर्छौँ। भोलि दिउँसो २ बने  सल्लाहकारको बैठक बस्छौं। त्यसपछि हाम्रो औपचारिक धारणा बाहिर ल्याउँछौँ’ अध्यक्ष मिश्रले भने।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्चका न्यायाधीश डा  मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ। ६ सदस्यीय संवैधानिक परिषदमा प्रधानन्यायाधीशका सिफारिसको निर्णयमा दुई जनाले फरक मत राखेका छन्। 

राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेदले विधि र परम्परा मिचिएको भन्दै असहमति जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad