विवेकशील नेपाली दलले सीमा सुरक्षाका लागि प्रत्येक ५ किलोमिटरमा बोर्डर आउटपोस्ट (बीओपी) राख्न माग गरेको छ।
विवेकशील नेपाल दल, छाया सरकार विभागले गृह मन्त्रालयलाई १० बुँदे सुझाव इमेल मार्फत पठाएर सीमा अतिक्रमण रोक्न माग गरेको जनाएको छ।
साथै बोर्डर आउटपोस्ट (बीओपी) मा कार्यरत सीमा सुरक्षाकर्मीहरुले झेलिरहनु परेको समस्याप्रति पनि गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
‘सीमा सुरक्षाजस्तो अति नै संवेदनशील कार्यको प्रभावकारी कार्यन्वयनका लागि’ भन्दै विवेकशील दलले निम्न १० वटा सुझाव प्रस्तुत गरेको छ।
१) बोर्डर आउटपोस्ट (बीओपी) का लागि पूर्वाधार, मुलतः कार्यालय र सुरक्षाकर्मीको वासस्थान तयार गर्ने।
२) बोर्डर आउटपोस्ट (बिओपी) सुरक्षाकर्मीहरुका लागी आवस्यक सामानहरु जस्तो खाद्यान्न, टर्चलाइट, बूट, आदि प्रसस्त उपलब्ध गराउने।
३) दरबन्दी अनुसार सुरक्षाकर्मी खटाउने।
४) विकट ठाउँहरुमा सहज पहुँचका लागि सडक निर्माण गर्ने।
५) सञ्चार माध्यमको पहुँच बढाउने।
६) बोर्डर आउटपोस्ट (बीओपी) को संख्या प्रति ५ किमिको दुरीमा क्रमशः राख्दै जाने।
७) दिर्घकालमा नियन्त्रित सीमाको अवधारणा अवलम्बन गर्न तयारी गर्ने।
८) सीमा क्षेत्रको प्रविधिकरण, ड्रोन वा स्याटेलाइटवाट दृष्य संकलन गरि हरेक आर्थिक वर्षमा अध्यावधिक गर्ने।
९) सम्माननीय प्रधानमन्त्रीले लिपुलेखमा भारतले बाटो बनेको थाहा नभएको बताइरहँदा, सम्बन्धित निकायमा सूचना प्रवाह नगर्ने वा सूचना लुकाउने जस्ता अवान्छित कार्य गर्ने अधिकारीलाई कारबाहीको दायरामा ल्याउन कदम चाल्ने।
१०) सम्पूर्ण तराईको दसगजा छेत्रमा हरेक बर्षामा हुने डुबान न्यूनीकरण गर्न सम्वन्धित निकायसँग समन्वय गर्ने।
Shares
प्रतिक्रिया