राजनीति


सांसदलाई रविको निर्देशन- माननीय सम्बोधन नगर्नू

सांसदलाई रविको निर्देशन- माननीय सम्बोधन नगर्नू

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १२:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुनै पनि कागजातमा माननीय सम्बोधन नगर्न सांसदलाई निर्देशन दिएका छन्। 

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएका अनौपचारिक छलफलमा सभापति लामिछानेले सांसदलाई निर्देशन दिएका हुन्। उनले सबै सांसदको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएका छन्। 

त्यस्तै, सभापति लामिछानेले सांसदलाई मेन्टर र सल्लाहकारको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाएका छन्। अझै धेरै कुरा सिक्न बाँकी रहेको उनको भनाइ थियो। 

त्यस्तै, आउँदो स्थानीय तहको निर्वाचनका लागि कसैसँग पनि टिकटको कुरा नगर्न भनेका छन्। आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि ‘क्यान्डिडेट क्लब’को अभ्यास गर्न लागिएको उनले बताए। 

त्यसैले कसैलाई पनि टिकट प्रतिबद्धता नगर्न निर्देशन छन्। ‘कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्नेछ,’ लामिछानेले भनेका छन्। 

बैठकमा सांसदहरू सुर्खेतका रमेश सापकोटा, दोलखाका जगदीश खरेल, कैलालीका जगत जोशी, सर्लाहीकी नितिमा कार्की, पर्साका टेकबहादुर शाक्य, काठमाडौँकी भुमिका श्रेष्ठ, सप्तरीकी डा. अंकिता ठाकुर, संखुवासभाकी सुजाता तामाङ, चिवतनकी समिना मिया र सप्तरीकी पुस्पा चौधरीले बोलेका छन्। 

यस्तै, चितवनकी प्रभा ढकाल, दाङकी खिमा विश्वकर्मा, रुपन्देहीकी ज्ञानु पौडेल, धादिङका बोध नारायण श्रेष्ठ, दाङका कमल सुवेदी, काभ्रेका डा. राम लामा, भक्तपुरका रूकेश रञ्जित, बर्दियाकी रिमा विश्वकर्मा, कपिलवस्तुका मोहन आचार्य, पर्वतका सागर भुषाल, काठमाडौँका प्रदीप विष्ट, सिन्धुपाल्चोकका भरत पराजुली, भक्तपुरका कुसुम महर्जन, काठमाडौँकी रञ्जु दर्शना र अर्घाखाँचीका हरि भुसालले बोलेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad