राजनीति


निजामती विधेयकको मस्यौदा तयार, यस्ता छन् ४८ वटा नयाँ प्रावधान

कर्मचारीको उमेरहद बढाइने, प्रमुख कार्यकारी अधिकृत एकमुस्ट मुख्यमन्त्री कार्यालय पठाइने
निजामती विधेयकको मस्यौदा तयार, यस्ता छन् ४८ वटा नयाँ प्रावधान

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १६:१५, काठमाडौँ

सरकारले ४८ वटा नयाँ प्रावधानसहितको निजामती संघीय निजामती विधेयकको मस्यौदा तयार पारेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले तयार पारेको विधेयकको मस्यौदा शुक्रबार सार्वजनिक गरिएको हो। जसमा निजामती कर्मचारीको उमेर हद ६० वर्ष राख्न प्रस्ताव गरिएको छ। अहिले कर्मचारीको उमेरहद ५८ वर्ष छ।

यस्तै, स्थानीय तहको प्रमुख कार्यकारी अधिकृत पठाउन नयाँ अभ्यास थाल्ने प्रस्ताव छ।

‘प्रमुख प्रशासकीय अधिकृतहरू प्रदेशगत रुपमा एकमुस्ट मुख्यमन्त्री कार्यालयमा पठाइने र स्थानीय तहमा पदस्थापन गरिने,’ प्रस्तावको ४६ नम्बर बुँदामा भनिएको छ।

७ प्रदेश र ७५३ वटा स्थानीय तह छन्।

यसैगरी विधेयकमा निजामती कर्मचारीलाई दलसँग आवद्ध हुन निषेध गरिएको छ। यदि आवद्ध भइएको पाइएमा बर्खास्त गरिने उल्लेख छ। 

‘राजनीतिक दल, दलको भातृ संगठन, जनवर्गीय संगठन वा  राजनीतिक दलसँग आवद्ध दलको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने उम्मेदवार बनेमा भविश्यमा भविश्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिनेगरी बर्खास्त गरिने,’ ४८ नम्बर बुँदामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad